राष्ट्रियसभा चुनाव : बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

राष्ट्रियसभा चुनाव : बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

 

काठमाण्डाै – राष्ट्रियसभा सदस्यको चुनाव भोलि हुँदैछ । बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसक्नुभएकोले भोलि १७ पदका लागि चुनाव हुनेछ ।

सात वटै प्रदेशका मतदान केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । केही प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले राजीनामा दिइ प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाएको आयोगले जनाएको छ ।

 

आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा भागबन्डा गरेर नेपाली कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा कांग्रेस र एमालेले लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेका छन् । भागबन्डा नमिलेपछि नेकपाले एकल उम्मेदवारी दिएको छ ।

 

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुँदैछन्

प्रकाशित मिति : शनिबार, माघ १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij