चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी साेमबार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि पत्रकार सम्मेलनमार्फत सञ्चारकर्मीहरूलाई आवश्यक जानकारी दिनुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाण्डौ – निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ ।

 

सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

 

प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवम् विश्वासनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ । आचारसंहिता गएको माघ ४ गतेदेखि लागू भएको हो । मतदान आउँदो फागुन २१ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति : बुधबार, माघ १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij