सैनामैना
लुम्बिनी प्रदेशका पूर्व सभासद तथा नेपाली कांग्रेस रुपन्देही ५ का प्रचार प्रसार संयोजक फकरुद्दीन खानले कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा अव देशलाई विकासको गतिमा अघि बढाउन नेपाली कांग्रेसका उमेदवारलाई बिजयी बनाउनु पर्ने बताउनुभयो । उहाँले भरतकुमार शाहमाथि कसैले पनि भ्रष्टाचार र कुशासनको प्रश्न उठाउन नसक्ने भन्दै उहाँ धेरै अनुभवी र परिपक्व नेताको रुपमा स्थापित हुनु भएकोले उहाँको उमेदवारीले उर्जा थपिएको उल्लेख गर्नुभयो ।
जेन्जीले उठाएका मुद्धाहरु मात्र गगन थापाको नेतृत्वको सरकारले पुरा गर्ने भन्दै सो सरकार निमार्ण गर्नको लागि रुपन्देही क्षेत्र नं. ५ बाट भरतकुमार शाहलाई निवार्चित गर्नुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालको अध्यक्षतामा भएको सैनामैना नगरपालिका स्तरिय भेलाले क्षेत्र नंं ५ का क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माको संयोजकत्वमा ५ सय १ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ भने नारायणप्रसाद पन्थको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । कार्यक्रमको संचालन नगर सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्