राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे ‘नागरिक सम्बोधनपत्र’ सार्वजनिक गरेको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष केशव सूर्यवंशीले वर्तमान राजनीतिक परिवेशमा व्यक्ति प्रधानभन्दा पनि नीति प्रधान बहस आवश्यक रहेको उल्लेख गरे । नयाँ दलहरूप्रति लक्षित गर्दै उनले भने, “देशले अहिले पात्र होइन, एजेण्डा खोजेको छ । एजेण्डा महत्वपूर्ण कुरा हो, पात्र होइन । हाम्रो संविधानले पनि पात्र केन्द्रित राजनीति होइन, नीतिमा आधारित शासन प्रणालीको परिकल्पना गरेको छ ।”

अध्यक्ष सूर्यवंशीले अहिलेको निर्वाचन प्रणाली र राजनीतिक अवस्थालाई मूल्यांकन गर्दा कुनै पनि दलको स्पष्ट बहुमत आउने संकेत नदेखिएको बताए । उनले यस्तो अवस्थामा निर्वाचनपछि बन्ने सरकारमा राष्ट्रियता, लोकतन्त्र र संविधानको संरक्षणका पक्षमा उभिने दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको धारणा व्यक्त गरे

पत्रकार सम्मेलनमा पार्टीका महासचिव टोप अस्लामी मगरले राष्ट्रिय जनमुक्ति पार्टीले देशका विभिन्न १७ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिएको जानकारी दिए । साथै उनले पार्टीको चुनाव चिन्ह ‘हत मिलाएको’ मा मतदान गर्न आम मतदातासमक्ष आह्वान गरे । पार्टीले समानुपातिकतर्फ १२ जना उम्मेदवारको नाम बन्दसूचीमार्फत निर्वाचन आयोगमा पेश गरेको पनि उनले बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संघीयता सुदृढीकरण, शासकीय स्वरूपको सुधार, औद्योगिक विकास र रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्य सुधार लगायतका प्रमुख विषय समेटिएका छन् । पार्टीले विगतका निर्वाचनमा सार्वजनिक गरेका घोषणापत्रहरूको समेत स्वामित्व लिने प्रतिबद्धता जनाएको छ ।

घोषणापत्रमा भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गर्ने, राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्र कार्यान्वयन नगरेमा त्यसविरुद्ध न्यायालयमा कानुनी उपचार खोज्न पाउने व्यवस्था गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने, तथा सबै नेपाली नागरिकका लागि स्वास्थ्य बीमा सुनिश्चित गर्ने जस्ता एजेण्डाहरूलाई विशेष प्राथमिकता दिइएको छ ।

पार्टी नेतृत्वका अनुसार घोषणापत्र नागरिकको अधिकार, समावेशिता र सुशासनलाई केन्द्रमा राखेर तयार गरिएको हो ।

प्रकाशित मिति : शुक्रबार, माघ १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij