दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा युवा भेला

दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा युवा भेला

काठमाडौं, फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा रहेका युवाहरुको भेला भएको छ ।

शंकरदेव क्याम्पसमा आयोजना भएको भेलामा विभिन्न कारणले काठमाडौमा रहेका दंगालीहरुले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन अआफ्नो ठाउँबाट भूमिका खेल्नेपर्ने बताएका थिए ।

भेलालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सदस्य विपुल पोख्रेलले उच्च मनोबलका साथ चुनावी प्रचारप्रसारमा केन्द्रीत हुन आग्रह गर्दै सम्भव भएसम्म दाङ पुग्न आग्रह गरेका छ ।

पोख्रेलले काठमाण्डौमा बस्नेहरूले यहककाको राजनीतिक वातावरणको बारेमा जिल्लामा सही जानकारी दिदा त्यहाका मतदातालाई धारणा बनाउन सगयोग पुग्ने समेत बताए । ‘अहिले हल्लाको खेति भैरहेको छ’,उनले भने,‘सही सूचना दिएर लोकतन्त्रको पक्षमा जनमत बनाउन राजधानीबासीको भूमिका चाहिन्छ ।’ लोकतन्त्रको पर्याय कांग्रेस रहेको चर्चा गर्दै उनले प्रबिधिको आडमा लोकतन्त्र माथी प्रहार हुन थालेको प्रति सबैको ध्यानाकर्षण गराए । ‘यो चुनाब लोततन्त्रमाथीको प्रहार रोक्ने अबसर पनि हो’, उनले भने ।

भेलालाई संम्वोधन गर्दै नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले अहिले लोकतन्त्रमाथि खतरा रहेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसजन एकजुट हुनुपर्नेमा जोड दिए । भेलालाई सम्वोधन गर्दै नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष एवं तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले दाङको चुनावी माहोलबारे चर्चा गर्दै सवैको साथ र सहयोगले आगामी निर्वाचनमा सफलता हासिल हुने बताए ।

यसैगरी नेपाली कांग्रेसका युवा नेता हरिस भण्डारीले आगामी दिनमा पनि यसैगरी भेला र छलफल गरी दाङको चुनावी माहोलका सँगसँगै विकास निर्माणका सवालमा पनि बहसहरु चलाउने प्रतिवद्धता व्यक्त गरे । अहिलेको चुनाव सामाजिक सञ्जालका बहसले पनि प्रभाव पार्ने भएकाले युवा तथा विद्यार्थीहरुले सचेत भएर लाग्नु पर्नेमा जोड दिए । भेलाले भण्डारीको संयोजकत्वमा काठमाडौमा रहेका दंगालीलाई संयोजन गर्न समिति गठन गरेको छ । भेलामा दाङबाट काठमाडौंमा आएर अध्ययनरत एवं विभिन्न पेशा तथा व्यवसायमा आवद्ध झण्डै १५० बढीको सहभागीता रहेको थियो ।

फागुन २१ गतेको चुनवामा दाङ क्षेत्र नम्बर १ बाट सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्रनम्बर २ बाट युवा व्यसायी एव महासमिति सदस्य किरण किशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवार छन् ।

प्रकाशित मिति : शनिबार, माघ २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij