बुटवल–नारायणगढ ६ लेन सडकमा रेलिङ निर्माण कार्यले स्थानीय व्यवसायी आक्रोशित

बुटवल–नारायणगढ ६ लेन सडकमा रेलिङ निर्माण कार्यले स्थानीय व्यवसायी आक्रोशित

बुटवल

संघीय सरकार मातहत संचालन भइरहेको बुटवल–नारायणगढ ६ लेन परियोजना अर्न्तगत सडक सुरक्षा प्रवद्र्धनका लागि बुटवलको चौराहादेखि बिसक्याम्प क्षेत्रसम्म फलामको रेलिङ जडान कार्य सुरु भएसंगै स्थानीय व्यवसायी आक्रोशित भएका छन् । दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सुरु गरिएको रेलिङ निर्माण कार्यले त्यस क्षत्रमा दशकौंदेखि व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुमा आफूहरु व्यवसायबाटै विस्थापित हुनुपर्ने त्रास बढाएको छ ।

ब्ुाटवलको मुख्य व्यापारिक केन्द्र मानिने राजमार्ग चौराहा क्षेत्रमा रेलिङ निर्माण सुरु भए पश्चात सडक किनारामा रहेका पसलहरुमा ग्राहक आवतजावत बाटो बन्द हुनेछ । यसले आफूहरुको व्यवसाय नै बन्द हुने अवस्था आउने भन्दै व्यवसायीहरु आक्रोशित बनेका हुन । सडक सुरक्षा भन्दै गरिएको विकासले स्थानीयको जीविकोपार्जनन नै संकटमा पार्न नहुने व्यवसायीहरुको तर्क छ ।

बुटवलको चौराहामा आइस किराना पसल संचालन गर्दै आएका व्यवसायी चन्द्र प्रसाद अर्यालले बजार अगाडि फुटपाथ र रेलिङनिमौण गर्न लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । हामीलाई हटाउने गरि काम भएको छ,फुटपाथ व्यवस्थित गरियोस तर रेलिङ लगाउने कार्य तत्काल रोकियोस भन्दै परियोजना समक्ष आग्रह गर्नुभएको छ । व्यवसायी अर्यालका अनुसार रेलिङका कारण ग्राहक सिधै पसलमा पुग्न नसक्दा व्यवसाय ठप्प हुने समस्या देखिएको छ ।

यस्तै चौराहास्थित कस्तुरी मिष्ठान्न भण्डार संचालन गर्दै आएका व्यवसायी प्रथम पराजुलीले पनि सटर अगाडि नै रेलिङ राँिखदिदा नैे चिन्ता व्यक्त गर्नुभयो । हामीलाई गरि खाने वातावरण चाहिएको हो भन्दै व्यवसायी पराजुलीले रेलिङनिमौण कार्य बन्द गरी व्यवसायमिैत्री समाधान खोज्न आग्रह गर्नुभयो । व्यवसायीहरु यस विषयमा ध्यानाकर्षण गर्न बुटवल उपमहानगरपालिका सम्म पुग्ने बताएका छन् । सडक चौडा हुनु राम्रो हो तर स्थानीय अर्थतन्त्र धराशाही हुने गरि रेलिङ बनाउनु राम्रो कार्य नभएको व्यवसायीहरुको गुनासो छ ।

उता परियोजना प्रमुख पशुपति ज्ञवाली भने सडक सुरक्षा नै पहिलो प्राथमिकतामा पर्ने बताउनु भएको छ । ६ लेन सडकको अन्तराष्ट्रिय मापदण्ड अनुसार रेलिङजडान आवश्यक रहेको बताउदै दुर्घटना रोक्न र मानव जीवन जोगाउनका लागि रेलिङ अनिवार्य भएको प्रमुख ज्ञवाली बताउनु हुन्छ । उहाँले यो विषय विश्वका धेरै देशमा अभ्यास भईसकेको हो,नेपालमा यस्ता संरचना नयाँ भएकाले सुरुमा असहज लाग्न सक्ने तर समयसंगै व्यवसायीले स्वीकार गर्ने विश्वास व्यक्त गर्नुभयो । सुरक्षा मापदण्ड अनुसार निर्माण कार्य अगाडि बढने बताउँदै परियोजना प्रमुख पशुपति ज्ञवालीले ग्राहक केही दुरीको यूटर्न प्रयोग गरेर आउन सक्ने हुनाले व्यवसायीलाई हतोत्साही नहुन समेत आग्रह गर्नु भयो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij