बुटवलका ५० बढी चर्चित युवाहरु विष्णु पौडेललाई जिताउने अभियानमा

बुटवलका ५० बढी चर्चित युवाहरु विष्णु पौडेललाई जिताउने अभियानमा

 

बुटवल । नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध बुटवलका ५० बढी युवा नेताहरु विष्णु पौडेललाई जिताउने अभियानमा सामेल भएका छन् । रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङको पहलमा बुटवल वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्य, युवा नेताहरु शंकर घर्ती,विक्रम बस्याल,सुमन गुरुङ, प्रवेश सुनार,राजु क्षेत्री,आकाश गुरुङ, झविन गौतम, धनसिंह खाम्चा लगायत युवाहरु पौडेललाई जिताउन अभियानमा लागेका हुन् ।

उनीहरुले रुपन्देही २ को थप विकास र समृद्धिका लागि विष्णु पौडेलको विकल्प नभएको र पौडेल भविष्यको प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएकाले उनलाई जिताउन आफूहरु सहमत भएका हुन् । एमाले उपाध्यक्ष पौडेलको उपस्थितिमा युवा नेता राजु गुरुङले युवाहरुको प्रतिनिधिमूलक भेला गराई उनीहरुलाई पौडेल जिताउने अभियानमा सामेल गराएको र उनीहरुमार्फत कम्तीमा ५ सय युवाहरु एमालेमा जोडिने नेता राजु गुरुङले बताए । युवाहरुको प्रवेशसंगै रुपन्देही २ मा पौडेलको जित सुनिश्चित भएको भन्दै नेता गुरुङले सामाजिक सञ्जालको भ्रममा नपरी फराकिलो जितका लागि मेहन गर्नुपर्ने युवाहरुलाई निर्देशन दिए ।

एमाले परिवारका सदस्यहरुसंग पुनर्मिलन र युवाहरुको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार पौडेलले बताए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij