बुटवल वडा नं ७ र ८ मा बिष्णु पौडेलको घरदैलो कार्यक्रम सम्पन्न

बुटवल वडा नं ७ र ८ मा बिष्णु पौडेलको घरदैलो कार्यक्रम सम्पन्न

बुटवल ,नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार विष्णुप्रसाद पौडेलले बुधबार बुटवलका दुई वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा दिउँसोदेखि सुरु भएको घरदैलोमा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। घर–घर पुगेर मत माग्दै पौडेलले विगतमा सम्पन्न गरिएका विकास निर्माणका कामहरू स्मरण गराउँदै बाँकी योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, ढल निकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताए।

वडा नम्बर ७ का स्थानीय रामप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा पौडेलले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिएको बताउँदै आगामी दिनमा पनि निरन्तरता आवश्यक रहेको प्रतिक्रिया दिए।

त्यसैगरी बिहान बुटवल वडा नम्बर ८ मा पनि उनले घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। यहाँका मतदातासँग भेटघाट गर्दै उनले बुटवललाई व्यवस्थित, आधुनिक र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे। विशेषगरी शिक्षा, स्वास्थ्य र साना व्यवसाय प्रवद्र्धनमा थप लगानी गर्ने योजना पौडेलले सुनाए।

जवाफमा पौडेलले तिनाउ–दानव करिडोर व्यवस्थापन, हरित पूर्वाधार र दिगो सहरी विकासका कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता जनाए।

उनले अधुरा आयोजनालाई छिटो सम्पन्न गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र शिक्षा–स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राख्ने बताए। “विकासको आधार तयार भइसकेको छ, अब त्यसलाई परिणाममा रूपान्तरण गर्न स्थिर नेतृत्व आवश्यक छ,” उनले भने।

दुवै वडामा भएको घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, स्थायित्व र समृद्धिलाई मुख्य एजेन्डा बनाएको सन्देश पौडेलले दोहोर्‍याएका थिए।

प्रकाशित मिति : बुधबार, फाल्गुन १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij