बुटवलमा आज काँग्रेसको चुनावी सभा : सभापति गगन थापाले सम्बोधन गर्ने

बुटवलमा आज काँग्रेसको चुनावी सभा : सभापति गगन थापाले सम्बोधन गर्ने

बुटवल-यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले आज बुटवलमा वृहत् चुनावी सभा आयोजना गरेको छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा बिहान १० बजेदेखि सुरु हुने नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ ले जनाएको छ ।

सभालाई पार्टीका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा उनले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रूपान्तरणका विषयमा पार्टीको धारणा राख्ने छन् ।

नेपाली काँग्रेस रुपन्देही–२ का सभापति प्रजापाल गिरीका अनुसार रुपन्देहीमा काँग्रेसको पक्षमा जनलहर देखिएको छ । उनले भोलीको सभाले त्यसको स्पष्ट सन्देश दिने बताए । सभामा जिल्लाभरबाट नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

काँग्रेसले लोकतन्त्रको रक्षा, विकास निर्माणमा तीव्रता, उद्योग–व्यवसाय प्रवद्र्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने एजेन्डासहित चुनावी अभियान अगाडि बढाएको र प्रधानमन्त्रीका उम्मेद्वार समेत रहेका पार्टी सभापति सहितका नेताहरुको उपस्थितीले स्थानीय उम्मेदवारको जित सुनिश्चित गर्न थप ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेपाली काँग्रेसबाट क्षेत्र नं. १ मा हिराबहादुर खत्री, २ मा चुन्नप्रसाद शर्मा पौडेल, ३ मा सुशील गुरुङ, ४ मा आसुतोष मिश्रा र ५ मा भरतकुमार शाह उम्मेद्वार छन् ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij