सुलभलाई बधाई दिँदै विष्णु पौडेलले भने : रुपन्देहीको समृद्धि यात्रा अझ उचाईमा बढ्नेछ

सुलभलाई बधाई दिँदै विष्णु पौडेलले भने : रुपन्देहीको समृद्धि यात्रा अझ उचाईमा बढ्नेछ

 

बुटवल । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले विजयी हासिल गरेपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । निरन्तर रुपन्देही-२ बाट विजयी हुँदै आएका पौडेलको संसदीय यात्रामा यस पटक भने ब्रेक लागेको छ ।

यसैबीच आफू पराजित भएपछि मतदाताहरुलाई आभार व्यक्त गर्दै एमाले उपाध्यक्ष पौडेलले विजेता खरेललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवनिर्वाचित खरेलले रुपन्देहीलाई बिकास र समृद्धिको यात्रामा अझ उचाईकासाथ अघि बढाउने विश्वास व्यक्त गरेका छन् । ‘आशा छ, तपाईँले यस क्षेत्रका नागरिकका अपेक्षा र भावनालाई कदर गर्दै उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचांईबाट अगाडि बढाउनु हुनेछ भन्ने अपेक्षा राख्दछु ।’-पौडेलले भनेका छन् ।

‘निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया मात्र हो । तर, मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नं. २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका मानिसहरूको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ ।’-उनले अगाडि भनेका छन्, ‘म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुख-दुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ । यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु ।’

उपाधयक्ष पौडेल खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका हुन् । देशभर एमालेले भोग्नु परेको अप्रत्यासित नतिजाको विषयमा छिट्टै समीक्षा हुने उनले बताएका छन् । एमालेको नेतृत्व र नीति बारे छिट्टै छलफल गरिने उनको भनाई छ ।

आदरणीय आमाबुवा, दिदिबहिनी तथा दाजुभाईहरु,

हार्दिक नमस्कार !

लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं. २ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु ।

यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । आशा छ, तपाईले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचांईबाट अगाडी बढाउनु हुनेछ ।

निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया हो । मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नं. २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ ।

म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुखदुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ । यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु ।

यस् निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आ-आफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिन्हमा मतदान गर्नुहुने मतदाता महानुभावहरू प्रति हार्दिक सम्मान ब्यक्त गर्दछु । चुनावी अभियानमा अहोरात्र खटिनुहुने नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । निर्वाचन सम्पन्न गर्न योगदान गर्नुहुने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेता कार्यकर्ता, सञ्चारकर्मि र सञ्चारमाध्यमहरू प्रति धन्यवाद ज्ञापन गर्दछु ।

पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु ।

बिगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गंभीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपनान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।

धन्यवाद

विष्णुप्रसाद पौडेल

प्रकाशित मिति : शनिबार, फाल्गुन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij