जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

सभापति लामिछाने – प्रतिक्रिया नारायणगढ (चितवन), २३ फागुनः चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिनुहुँदै ।तस्बिरः सनद अधिकारी÷रासस

 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताए ।

जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको भन्दै उनले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताए । उनले भने, “हामी मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ । प्रतिपक्षलाई होच्च्याउनु हुँदैन । लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ ।”

प्रकाशित मिति : शनिबार, फाल्गुन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij