काठमाण्डाै – आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने भएको छ । पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि भने पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली विस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार अबका तीन दिन देशभर मौसम बदलीको सम्भावना छ । उहाँका अनुसार बिहानको मौसम केही खुलेजस्तो भए पनि बिस्तारै दिउँसोपख मौसम बदली र वर्षा हुनेछ ।
यस्तै हावाहुरी, चट्याङ र असिना पानीसहित कतैकतै ठूलो पानी पर्ने सम्भावना छ । हिजो पनि देशका केही ठाउँमा मध्यमसम्मको वर्षा र कतैकतै असिना पनि परेको महाशाखाले जनाएको छ ।
आज लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने अनुमान छ । हिमाली केही ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्