निर्वाचन आचारसंहिता कार्यान्वयन कडाइ गर्न सरोकारवालाको आग्रह

निर्वाचन आचारसंहिता कार्यान्वयन कडाइ गर्न सरोकारवालाको आग्रह

बुटवल- निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूमाथि प्रभावकारी कारबाही नहुँदा आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुनेमा सरोकारवालाहरूले आशंका व्यक्त गरेका छन्।

सोमबार बुटवलमा संवाद समूह लुम्बिनीले आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक संवाद कार्यक्रममा सहभागी वक्ताहरूले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता उल्लंघनका घटनाहरू भए पनि दोषीमाथि ठोस कारबाही नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

वक्ताहरूले निर्वाचन आयोगले मात्रै आचारसंहिता अनुगमन र कारबाही गर्न सम्भव नभएको पछिल्ला अनुभवले देखाएको उल्लेख गर्दै प्रभावकारी अनुगमन र कार्यान्वयनका लागि छुट्टै संयन्त्र आवश्यक रहेकोमा जोड दिएका थिए।

उनीहरूले निर्वाचनका समयमा राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणापत्रको कार्यान्वयन अवस्थाबारे सोसल अडिट गर्ने व्यवस्था गरिनुपर्ने धारणा पनि राखे। यसले दलहरूलाई आफ्ना प्रतिबद्धताप्रति जवाफदेही बनाउन सहयोग पुग्ने उनीहरूको भनाइ थियो।

संवाद समूह लुम्बिनीका वरिष्ठ सहजकर्ता सुशील बस्नेतको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ रीता सेन वली, नेकपा नेता महेन्द्र भुसाल, उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष गोविन्द मरासिनी, प्राध्यापक जीवनारायण अधिकारी, मानवअधिकारकर्मी अर्जुन ज्ञवाली, रूपन्देही व्यापार संघका पूर्व अध्यक्ष टंक पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष आरपी आचार्य, संवाद समूह लुम्बिनीका सहजकर्ता विक्रम खड्का, सन्ध्या केसी र अंकित घिमिरेलगायतले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनलाई विश्वसनीय र मर्यादित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

प्रकाशित मिति : सोमबार, चैत्र २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij