गुल्मी खैरेनी बजार क्षेत्र सडक १५ दिनसम्म पूर्ण रूपमा बन्द गरिने

गुल्मी खैरेनी बजार क्षेत्र सडक १५ दिनसम्म पूर्ण रूपमा बन्द गरिने

गुल्मी, गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्ड अन्तर्गत खैरेनी बजार क्षेत्र सडक १५ दिनसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय रुपन्देहीको पत्रानुसार सत्यवती गाउँपालिका अन्तर्गत खैरेनी बजार स्थित जुम्दी पुलको जग खन्नु पर्ने भएको कारण सडक बन्द गर्न लागिएको जनाइएको छ ।

उक्त सडक खण्डमा यही चैत ५ गतेदेखि चैत १९ गतेसम्म २४ सै घण्टा सवारी आवागमन बन्द गरिने भएको हो । प्रशासनले खैरेनी बजारको जुम्दी पुलदेखि भार्से चोकसम्मको सडक खण्ड पूर्ण रूपमा बन्द रहने जनाएको छ ।

निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा समयमै सम्पन्न गर्नका लागि सवारी आवागमन रोक्नु परेको प्रशासनले जनाएको छ ।

सडक बन्द अवधिभर सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । वैकल्पिक मार्गको रूपमा खैरेनी बजार–जुम्दी पुलबाट सत्यवती माध्यमिक विद्यालय, अँगारे खोला स्वास्थ्य केन्द्र हुँदै भार्से चोक जोडिने सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले उक्त कार्यमा आवश्यक सहयोग एवं सहजीकरणको लागि सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकालाई पत्राचार समेत गरिसकेको छ ।

प्रशासनले मंगलबार सार्वजनिक रूपमा सूचना जारी गरी उक्त सडक १५ दिनका लागि २४ सै घण्टा बन्द रहने जनाएको हो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij