बुटवल,
रुपन्देहीमा सम्पन्न तेस्रो एनवाईसी कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि फर्सा्टिकर युवा क्लबले हात पारेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा डिएमसीलाई सडेन डेथमा पराजित गर्दै फर्सा्टिकर युवा क्लब बिजयी भएको हो । सडेन डेथमा फर्सा्टिकरका राजुसिटिको गोल नै निर्णायक भयो । डिएमसीका क्याप्टेन जीवन सुवेदीको प्रहार बाहिरिएको थियो । उपाधिसंग फर्साटिकरले नगद एक लाख, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता डिएमसी नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
एक कार्यक्रमका बिच नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसी, तिनपा वडा न ८ का वडा सदस्य मधुसुधन ज्ञवाली, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो । कार्तिक २३ गतेबाट शुरु भएको प्रतियोगितामा १५ टिमले प्रतिस्पर्धा गरेको खेल संयोजक गोबिन्द अर्यालले बताउनुभयो।
प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्