दाउन्नेमा ८ घन्टादेखि अवरुद्ध भएको यातायात संचालनमा

दाउन्नेमा ८ घन्टादेखि अवरुद्ध भएको यातायात संचालनमा

परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा वर्षाका कारण ८ घन्टादेखि अवरुद्ध भएको यातायात संचालनमा आएको छ । पानी पर्न छोडेपछि यातायात संचालन हुन थाले पनि हिलोले गर्दा लामो जाममा बस्न यात्रु बाध्य छ्न् ।

यातायात चल्न सुरु गरे पनि जामको कारण दाउन्ने पार गर्न भने २/३ घन्टा लाग्ने गरेको छ । दाउन्ने बजार क्षेत्र, पैसट्ठी मोड र दाउन्ने ओरालोमा सवारी संचालन नसक्दा यातायात अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार सवारी चल्न सुरु गरे पनि निकै सुस्त र जाम भने कायमै छ ।

बुटवल-नारायणगढ सडक विस्तारअन्तर्गत अहिले दाउन्ने खन्डमा काम भैरहेको छ । सडक विभागले शुक्रबार रातिबाट मालबहाक सवारीलाई चैत ८ गतेसम्म रातको समयमा संचालनमा रोक लगाएर यात्रुबहाक र अत्यावश्यक सवारी मात्र संचालन गर्न दिएको छ । तर, रातभरिको वर्षाले सडकमा भल बगेर बस पनि चल्न नसकेपछि यात्रु मर्कामा परेका छ्न् ।

प्रकाशित मिति : शनिबार, चैत्र ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij