काठमाण्डाै – निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित चुनावका रूपमा मूल्याङ्कन गरेको छ ।
आयोगले आज काठमाण्डाैमा आयोजना गरेको जलपान समारोहमा बोल्दै आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि मतदान केन्द्रमा झै–झगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल चुनावका रूपमा व्याख्या गर्नुभयो । उहाँले चुनाव अवधिभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको संयमको प्रशंसा गर्नुभयो ।
भण्डारीले भन्नुभयाे, ‘राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभूतपूर्व संयम र सद्भाव प्रदर्शन भई ऐतिहासिक रूपमा शान्तिपूर्ण रूपले चुनाव सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाहरूबाट पनि यो चुनावकाे प्रशंसासहित मूल्याङ्कन गरिएका प्रतिवेदन प्राप्त भएका छन् । नवयुवा आन्दाेलनकाे ६ महिनाभित्रै चुनाव सम्पन्न हुनुलाई विश्व समुदायले अत्यन्तै सकारात्मक रूपमा लिएको छ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्यावाद ज्ञापन गर्नुभयो ।
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्