JanataToday.com

Advertisment

SKIP THIS

सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने

सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने

काठमाडौँ — सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा छानबिन समिति गठन गर्ने उल्लेख छ ।

उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यदेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

यसअघि भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदन अधुरो भएको भन्दै आवाज उठेपछि नवगठित वालेन्द्र शाह नेतृत्वको सरकारले अर्को समिति बनाउने भएको हो । कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने  शुक्रबार मन्त्रिपरिषद्‌को पहिलो बैठकले निर्णय गरर्को थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij