मुग्लिङ- मलेखु सडक खण्ड आजदेखि राति तीन दिनसम्म बन्द

मुग्लिङ- मलेखु सडक खण्ड आजदेखि राति तीन दिनसम्म बन्द

काठमाण्डौ ,मुग्लिङ- मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो ।

मुग्लिन–नागढुङ्गा सडक योजना ९पश्चिम खण्ड०का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् ।

यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र बनाइने सडक योजनाले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij