काठमाडौं , ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार साँझ चक्कु प्रहार गरी दुई युवाको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
उनीहरूको हत्या आरोपमा सञ्जीव नेपाली र अर्का एक युवा गरि दुई जना पक्राउ परेका छन् ।प्रहरीका अनुसार सञ्जीवले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीका अनुसार बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्दा सञ्जीवको मोबाइलमा परेपछि भनाभन भएको थियो । यद्यपि उनीहरू एकापसमा अपरिचित थिएनन् । फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई नै पाटन बोलाए, त्यसपछि इमाडोल बस्ने दाजुभाइ पाटन पुगेका थिए । सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु काट्न प्रयोग हुने हतियार लिएर ती दाजुभाइलाई भेट्न पुग्छन् । मन्दिर परिसरमा भेट भएका उनीहरु झगडा हुँदै गर्दा चक्कु प्रहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालहरुमा समेत सार्वजनिक भएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्