सैनामैना ।
नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले भारतले देशको सीमा मिच्दा समेत सरकार बोल्न नसकेको ले आरोप लगाउनुभएको छ । नेपाल राष्ट्रिय मगर संघ र नेपाल आदिबासी जनजाती संघले भारतिय विस्तारबाद तथा दुई तिहाई सरकारका बिरुद्ध आज रुपन्देहीको सैनामैनामा बिरोध प्रर्दशन कार्यक्रममा सम्बोधन गर्दे उहाले देशभक्ति देखाएर दुई तिहाईको बहुमत ल्याउँन सक्ने कम्युनिष्टले अहिले लुपुलेक कालापानी , लिम्यिाधुरामा भारतले सीमा मिचेर आफ्नो सेना राख्दा समेत एक शब्द बोल्न नसकेको ओली सरकारले देशको रक्षा गर्न नसकेको बताउँनु भएको छ । देश गुमाउँदा समेत सरकार एक शब्द बोल्दैन उँहाले प्रश्न गर्दै भन्नुभयो हामीसँग सेना छ प्रहरी छ , ख्योईत सिमाको रक्षा भएको । नेताको घरमा पर्खाल उठाएर बन्दुक ताकेर सुरक्षा दिन के सेना प्रहरी राखेको हो कांग्रेस नेता भण्डारीले आक्रोश पोख्नुभयो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले सरकारले नेपाली सेनालाई लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमानामा खटाउँनु पर्ने बताउँनु भएको छ ।

त्यस्तै सविंधानसभाका पुर्व सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडाले सीमाको समस्या कुटनीतिक पहलबाट हुनु पर्ने सबै राजनीतिक दलले भनिरहँदा समेत सरकारले कुनै कदम चाल्न नसक्नु दुखद भएको बताउँनु भएको छ ।नेपाल महिला संघ रुपन्देही की सभापति गंगा शाहीले भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि देखाउँदा नेपालीको आत्मा दुखेको बताउँदै बिर नेपाली आमाका सन्तानले सहन नसक्ने बताउँनुभयो । नेपाली कांग्रेस नगर सभापति रामप्रसाद अधिकारीले ओली सरकारले देशमा मुल्य बृद्धि गराएर नेपाली जनताको डाढ सेक्ने काम मात्र गर्न सकेको आरोप लगाउँनुभयो । बिरोध प्रर्दशन सैनामैनाको मुर्गिया बजार परिक्रमा गरि लुम्बिनी गेट अगाडी कोणसभामा परिणत भएको थियो ।
सयौंको सख्यामा उत्रिएका नेपाली कांग्रेसका नेता कार्यकर्ताले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो’, ‘भारतीय सेना नेपाल छोड’ लगायतका नारा लगाएका थिए ।
नेपाल राष्ट्रिय मगर संघ जिल्ला सभापति मिलन थापाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य रामबली चौधरीले धन्यबाद ज्ञापन गर्दै सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्मा , सचिब रामकृष्ण खाँड , बुटवल नगरसभापति खेलराज पाण्डेयको समेत उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्