बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय, भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीको जग्गा सम्बन्धी काममा (सर्जमिन मुचुल्का) का लागि सहजीकरण गरिदिने भन्दै उनले घुस माग गरेका थिए ।
विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई भैरहवा बजारबाटै रंगेहात पक्राउ गरेको स्रोतले जनाएको छ ।अख्तियार स्रोतका अनुसार, पक्राउ परेका मगरको साथबाट घुस बापतको २ लाख रुपैयाँ बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्