काठमाडौं- दुई खेलको टी–२० आई सिरिज बराबरीमा सकिएको छ। भर्खरै सम्पन्न दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै सिरिज बराबरी गरेको हो। हिजो (सोमबार) नेपाल ६ विकेटले पराजित भएको थियो।
१२९ रनको लक्ष्य पछ्याएको नेपालको जितमा ओपनर कुशल भुर्तेलले सानदार ब्याटिङ गरे। उनी ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे।
बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक–एक विकेट लिए।त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोड्यो।अक्षदीप नाथले अर्धशतकीय पारी खेल्दै टोलीको लक्ष्य केही उकासे। उनी ५३ रनमा अविजित रहे। यस्तै, मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा लागि हेमन्त धामीले दुई विकेट लिए भने नन्दन यादव र साहब आलमले एक–एक सफलता हात पारे।
प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्