खुकुरी टी–ट्वान्टी कप सुरु, एमएसएमटी र भरतपुरको विजयी सुरुवात

खुकुरी टी–ट्वान्टी कप सुरु, एमएसएमटी र भरतपुरको विजयी सुरुवात

भैरहवा, नेपाल–भारतका क्रिकेट टीमहरुको सहभागितामा रुपन्देही सदरमुकाम भैरहवामा ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।

मंगलबार भएको दुई खेलमा एमएसएमटी सीए नौतनवा र भरतपुर क्रिकेट एकेडीमी विजयी भएका छन् । एमएसएमटीले बुद्ध क्रिकेट क्लबलाई ७ विकेट र भरतपुरले बुटवल ११ लाई १ सय ३० रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले ८ विकेट गुएमार १ सय २९ रन बनायो । उसका लागि सुरज पौडेल ३९, अजय शाहीले ३५ र मिथलेश यादवले २५ रन बनाए । बलिङमा हिमान्सु सिंहले ३, सेहबाज शेषले २, आदित्य कौसिफ र मोहम्मद जैदले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एमएसएमटीले १४ ओभर ५ बलमा ३ विकेट गुमाएर १ सय ३५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सक्षम शर्माले ४९, पिन्टु यादवले अविजित २७ र आर्यन अग्रहरीले २३ रन बनाए । बलिङमा बुद्धका हरिकेष मुराउ, अजय त्रिपाठी र मन्जुश्री यादवले १–१ विकेट लिए । खेलमा हिमान्सु सिंह प्लेयर अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको भरतपुरले ४ विकेट गुएर २ सय ६३ रनको उच्च योगफल बनायो । उसका लागि गौरव विकले १०० र रोशन झाले ६६ रनको योगदान गरे । बलिङमा सुधन श्रेष्ठ र युवराज सेनले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल ११ ले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३३ रन मात्रै बनायो । उसका लागि प्रवेश सारुले ३५ र युवराज सेनले ३३ रन बनाए । अपराजित पौडेलले ४, कमल थापाले ३, सुदीप अर्याल, दीपेश श्रेष्ठ र मनिष पुनले १–१ विकेट लिए । खेलमा गौरव विक म्यान अफ द म्याच भए ।

प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजार ५ सय प्रदान गरिनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँन, उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्ल, सिद्धार्थनगर–१ का वडाध्यक्ष उज्जवल पोखरेल, आयोजक संस्थाका अध्यक्ष महेश थापा लगायतले बोल्दै यस्ता प्रतियोगिताले नयाँ नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउने जनाए ।

प्रकाशित मिति : बुधबार, बैशाख ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij