JanataToday.com

Advertisment

SKIP THIS

होटल व्यवसायीद्वारा भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार

होटल व्यवसायीद्वारा भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार

बुटवल
प्रदेश ५ को सरकारले शुरु गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचार प्रसार गर्ने लक्ष्य सहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जिल्लागत भ्रमण पुरा गरेको छ ।
संघका अध्यक्ष समुन्द्र जिसीको नेतृत्वमा ३७ सदस्यीय टोलीले कपिलवस्तु हुदै वर्दियासम्मका जिल्लाको भ्रमण गरि भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको जानकारी गराएको हो ।
टोलीले कपिलवस्तुको चन्दौटा, दाङ्गको भालुवाङ्ग र लमही, बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायी संघ तथा बर्दियाको ईको टुरिजम फोरम संग अलग अलग भेटघाट गरि नेपाल भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचार प्रसार एवम निमन्त्रणा गर्ने काम गरेको भ्रमण दलका संयोजक तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधव कुमार खनालले बताउनु भयो ।
लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन होटल व्यवसायीले खेल्नु पर्ने भूमिकाका वारेमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी जिल्ला जिल्लामा आयोजित भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
त्यसैगरि व्यवसायीक संस्था बीचको भगिनी सम्बन्ध, आन्तिरिक पर्यटनको प्रवद्र्धन लगाएतका विषयमा भ्रमणका क्रममा जानकारी गराईएको थियो ।
संघले आउदो पुष १४ गते देखि १६ गते सम्म ३ दिने बुटवलमा दोस्रो सडक खाना महोत्सव गर्ने कार्यक्रममा सहभागिताका लागि व्यवसायीहरुलाई निमन्त्रणा गर्नुका साथ महोत्वसवको प्रचार प्रसार गरिएको संघका प्रथम उपाध्यक्ष बाब्राम गौतमले बताउनु भयो ।
गत वर्षको अनुभवलाई मध्य नजर गरि यस वर्षको सडक खाना महोत्सवलाई थप व्यवस्थित गरिने महा सचिव खनालले बताउनु भयो ।
खाना महोत्सवमा २ लाख दर्शकलाई अवलोकन गराई ३ करोडको कारोवार गर्ने लक्ष्य संघले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij