सूचना आयोगका संस्थापक तथा वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ । कसजूको मंगलबार अपरान्ह २ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
निमोनियाका कारण उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । कात्तिक १९ गते ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजू निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित हुनुहुन्थो ।
बालसाहित्यकारसमेत रहेका कसजूले नेपाली पत्रकारिता, अनुसन्धान र भाषा साहित्यमा विशिष्ट योगदान पुर्याउनुभएको छ । नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित कसजूका ५० बढी बाल साहित्यका कृति छन् । पाल्पाको तानसेनमा सन् १९४७ जन्मिनुभएका उहाका पशुतन्त्र, लिस्नो, थोपा थोपालगायतका कृति प्रचलित छन् ।
वाल्यकाल गुल्मीको रिडीमा बिताउनुभएका उहाले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गर्नुभएको थियो । राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गर्नुभएको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्