काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
यसअघि बैशाख १७ गतेदेखि आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित गरिएको थियो । सरकारले संसद अधिवेशन स्थगित गरेर विभिन्न कानुन संशोधन गर्न अध्यादेश ल्याएपछि पुन: संसद अधिवेशन बोलाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्