बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

 

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थनको आयोजना हुने भएको छ । बुटवल उद्योग वाणीज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघ-संगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागिता रहने महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

सम्मेलनमा विभिन्न ९ वटा विषयमा समुहगत छलफल (प्यानल डिस्कसन) हुने भएको छ । जस अन्तरगत पहिलो दिन ३ वटा र दोस्रो दिन ६ वटा विषयमा समुहगत छलफल गरिने सचिव सीपी खनालले जानकारी दिए । तेस्रो दिन देशभरबाट सहभागी प्रतिनिधिहरु बीच प्रदेशगत रुपमा पत्रकारिताको विगत, वर्तमान र भविष्य बारे चुनौतिसहित अवसर बारेमा छलफल गरि निश्कर्ष निकालिने कार्यतालिका रहेको उनले बताए ।

सम्मेलनमा रुपन्देही बाहिरबाट एक सय जना बढी प्रतिनिधिहरु सहभागी हुँदै छन् भने जिल्लामा रहेका पत्रकार तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुसहित ३ सय बढीको सहभागिता रहने अनुमान गरिएको उपाध्यक्ष विश्वास ढकालले जानकारी दिए । विभिन्न जिल्ला तथा सातै प्रदेशका महासंघ प्रतिनिधिहरु, केन्द्रीय पदाधिकारी तथा विभिन्न सञ्चार गृहका प्रतिनिधिहरु बीच छलफल हुने सम्मेलन वैशाख २८ गते बुटवल घोषणापत्र जारी गर्दै समापन हुनेछ । सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलको संयोजकत्वमा गठन गरिएको समितिले घोषणापत्र लेखन गर्नेछ ।

सम्मेलनको पहिलो दिन ‘कसरी बचाउने स्थानीय मिडिया ?’ भन्ने विषयमा स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुसँग छलफल गरिने छ । जसको सहजिकरण पत्रकार कपिल ज्ञवालीले गर्नेछन् । यसैगरी ‘स्थानीय सरकार के गर्दैछन् के गर्नुपर्छ ?’ भन्ने विषयमा रुपन्देहीका स्थानीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरिँदै छ । पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष पत्रकार अस्मिना पाण्डेले यो छलफलको सहजीकरण गर्ने भएकी छन् । यसैगरी शनिबार नै हुने समुहगत

यसैगरी दोस्रो दिन आइतबार ‘लुम्बनीको पर्यटन: पर्यटक र पैसा कसरी भित्राउने ?’ भन्ने विषयमा छलफल गरिँदैछ । उक्त छलफलमा सरकारका प्रतिनिधि, पर्यटनविद, व्यवसायी तथा स्थानीय सरकारका प्रतिनिधिहरुसँग सहभागी हुँदै छन् । उक्त छलफललाई पत्रकार प्रदिप आचार्यले सहजिकरण गर्ने छन् । ‘आर्थिक संकटमा मिडिया, अबको बाटो ?’ भन्ने विषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा लामो समय व्यवस्थापन क्षेत्रमा रहेर काम गरेका प्रतिनिधिहरुसँग छलफल गरिँदै छ । उक्त छलफललाई महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले सहजीकरण गर्ने भएका छन् । यसैगरी ‘प्रश्नको घेरामा मिडिया, कसरी जिल्ने पाठक दर्शक र श्रोताको मन ?’ भन्ने विषयमा महासंघका पूर्व केन्द्रीय अध्यक्षसहित लामो समय अनुभव प्राप्त सम्पादक तथा सञ्चारकर्मीहरुसँग छलफल गरिँदै छ । उक्त छलफललाई पत्रकार अमृता मनमोलले सहजीकरण गर्ने कार्यतालिका रहेको छ ।

आइतबार नै हुने ‘परम्परातगत मिडियामाथि डिजिटल प्लेटफर्मको चुनौती’ विषयक समुहगत छलफललाई महासंघ रुपन्देहीका सचिव पत्रकार सीपी खनालले सहजीकरण गर्दै छन् भने ‘मिडिया नीति कस्तो हुनुपर्छ’ भन्ने विषयमा पत्रकार भवानी पाण्डेले सहजिकरण गर्ने छन् । विभिन्न राजनीतिक दल सम्बद्ध पत्रकार संघ-संगठनका केन्द्रीय अध्यक्षहरु सहभागी हुने ‘मिडियाकर्मी: वाचडग कि राजनीतिक खेलाडी ?’ विषयक छलफललाई पत्रकार दिपेन्द्र कुंवरले सहजिकरण गर्दै छन् ।

सम्मेलनको अन्तिम दिन सोमबार बुटवल घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुनेछ । देशरभरबाट आएका प्रतिनिधिहरुलाई आवास तथा आवश्यक सम्पूर्ण तयारीहरु पूरा भएको अध्यक्ष पाण्डेले जानकारी दिए

प्रकाशित मिति : शनिबार, बैशाख २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij