एसईईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

एसईईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

काठमाण्डौ — माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईमा नियमिततर्फ दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५सय ७ नन्ग्रेडेड भएको जानकारी दिनुभयो । गएको चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षामा पाँच लाख १२ हजार ४ सय २१ सहभागी थिए ।

बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो । ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै, बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ ।

यस्तै यसवर्ष कक्षा ११ को भर्ना प्रक्रिया पनि छिट्टै शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा ११ को भर्ना तयारी थालिने बताउनुभएको छ । शिक्षा मन्त्रालयले सरोकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठनपाठनको मिति तय गर्नेछ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij