एसईई नतिजा : कालिका मानवज्ञान सामुदायीकमा लुम्बिनी प्रदेश प्रथम देशभरमा दोस्रो 

एसईई नतिजा : कालिका मानवज्ञान सामुदायीकमा लुम्बिनी प्रदेश प्रथम देशभरमा दोस्रो 

बुटवल, कालिका मानवज्ञान मावि लुम्बिनी प्रदेशमा प्रथम भएको छ । मंगलबार साझा राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशन भएको एईईपरीक्षाको नतिजमा सामुदायीक विद्यालय तर्फ कालिका मानवज्ञान मावि बाट ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नेपालभारबाट दोस्रो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो । विद्यार्थीबाट सहभगाी मध्ये ६ जनाले ४ जिपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार जुन संख्या लुम्बिनी प्रदेशमा सामुदायीक विद्यालयतर्फ सबैभन्दा प्रथम हो भने नेपालमै नारायणी मावि पछि दोस्रो स्थान कालिका मानवज्ञान मावि रहेको छ ।

 बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिका नगरमा रहेको कालिका मानवज्ञानका विद्यार्थी स्वता लम्साल, रोशनी भट्राई, प्रतिमा भट्राई, लविज खनाल, सुयोग सापकोटा र अमिस ज्ञवालीले ४ जीपीए ल्याएका हुन ।

राष्ट्रिय परीक्षा बोर्ड बाट प्रकाशित माध्यमिक शिक्षा परीक्षा २०८२ मा ३.६ देखि ३.९८ जिपीए ल्याउने विद्यार्थी संख्या १५८ जना रहेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ३.२ देखि ३.५९ जिपीए ल्याउने विद्यार्थी संख्या १ सय ८७ जना रहेका छन् । भने विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी १ सय ३२ जनाले २.८ देखि ३.१९ जीपीए ल्याएका छन् । यस्तै ३४ जनाले २.४ देखि २.७९ जिपीए ल्याएका छन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij