मनसुन प्रतिकार्य कार्ययोजना स्वीकृत, साढे दुई लाख जनसंख्या प्रभावित हुने आकलन

मनसुन प्रतिकार्य कार्ययोजना स्वीकृत, साढे दुई लाख जनसंख्या प्रभावित हुने आकलन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ुमनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गरेको छ।

यस वर्षको मनसुनमा देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुन सक्ने प्रारम्भिक आकलन कार्ययोजनाले गरेको छ।

बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ। यसले विपद् हुनेबित्तिकै सरकारी संयन्त्रहरू स्वतः परिचालित हुने गरी कानुनी बाटो खोलेको प्राधिकरणले जनाएको छ।

साथै, विपद्को समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरुपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत गरिएको छ।

बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ मा केही संशोधन गरेको छ। यसैगरी, भूकम्पीय पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा २१ जना प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ।

प्रकाशित मिति : बिहिबार, बैशाख ३१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij