काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद ९साग०को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३(० को सोझो सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५(९, २५(९, २५(११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।
पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् ।
खेलअघि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार विश्वकर्माले अफिसियललाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए ।
१३ औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ मा हुनेछ ।
प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्