प्रतिनिधिसभामा नयाँ नियमावली पेश

प्रतिनिधिसभामा नयाँ नियमावली पेश

काठमाण्डाै – प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेश भएको छ । आज बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मिनी संसद्का रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो । उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो ।

छलफलपछि नयाँ नियमावली मस्याैदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा गठित १५ सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक (वैशाख २८) मा मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो ।

नयाँ नियमावली नआएको विद्यमान अवस्थामा २०७९ सालको प्रतिनिधिसभा नियमावलीबाट कार्यसञ्चालन भइरहेको छ

प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij