भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले झण्डै १२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरीपैठारी गरेको अन्दाजी मूल्य ११ लाख ८८ हजार ७ सय ६४ रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएको सामानमा लेडिज सुट, टप्स, साडी, बेल्ट, बिस्कुट, जुत्ता, मोबिल, चकलेट, मसाला, बदाम, केरा, आँप, इन्भर्टर, चिनी, सिरानीको खोल, तन्ना, हरियो खुर्सानी, मोटरसाइकल लगायत रहेका छन् ।
बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्