रोल्पाको माडीमा गाडी दुर्घटना ३ जनाको मृत्यु

रोल्पाको माडीमा गाडी दुर्घटना ३ जनाको मृत्यु

काठमाडौं : रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो।

उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ। गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij