टिपरको तिब्र गतिले रुपन्देहीको सुद्धोदनमा स्थानीय आतंकित

टिपरको तिब्र गतिले रुपन्देहीको सुद्धोदनमा स्थानीय आतंकित

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका-५ बकुलीमा टिपरहरूको तीव्र गति र लापरवाहीपूर्ण सञ्चालनविरुद्ध स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीयका अनुसार नदीजन्य पदार्थ ओसारपसार गरिरहेको एक टिपरले तीव्र गतिमा ओभरटेक गर्ने क्रममा मोटरसाइकलमा सवार एक स्थानीयलाई जोखिममा पारेपछि विवाद उत्पन्न भएको हो।

 

दुर्घटनाबाट जोगिन मोटरसाइकल चालक सडक छेउको कान्लातर्फ गएर ज्यान जोगाउन सफल भएका थिए । घटनापछि आक्रोशित स्थानीयवासीले उक्त टिपरलाई रोकेर विरोध प्रदर्शन गरेका थिए। स्थानीयले बस्ती क्षेत्रभित्र टिपरहरू अत्यधिक गतिमा सञ्चालन हुने गरेको, धुलोधुवाँ र प्रदूषण बढेको तथा दुर्घटनाको जोखिम उच्च बनेको भन्दै नियन्त्रणको माग गरेका छन् ।

विरोधका क्रममा केही समय सडक अवरुद्ध भएको थियो । रोकिएका टिपरहरू सञ्चालन गराउने विषयमा स्थानीयवासी र प्रहरीबीच सामान्य भनाभनसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । स्थानीयले बस्ती क्षेत्रमा टिपर सञ्चालनका लागि निश्चित समय तोक्न, गति नियन्त्रण गर्न तथा सडक सुरक्षाका आवश्यक उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले पटक-पटक गुनासो गर्दा पनि समस्या समाधान नभएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

घटनापछि प्रहरीले सम्बन्धित टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ ।चालकलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य बनेको थियो । हाल टिपरहरूको आवागमन पुनः सञ्चालनमा आएको स्थानीयले बताएका छन् । स्थानीयवासीले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी अनुगमन र कडा नियमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij