रुपन्देही प्रहरीद्वारा ६ लाख २१ हजार ६ सय मूल्य बराबरको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा ६ लाख २१ हजार ६ सय मूल्य बराबरको अबैध सामान बरामद

तिलोत्तमा , जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँचका क्रममा करिब रु ६ लाख २१ हजार ६ सय ४९ मूल्य बराबरका अवैध सामानहरू बरामद गरेको छ।

प्रहरीका अनुसार असार ४ गते  आज जिल्लाका विभिन्न नाकाहरू तथा बजार क्षेत्रमा गरिएको निगरानी र चेकजाँचका क्रममा भन्सार प्रक्रिया पूरा नगरी भन्सार छली  ल्याइएको विभिन्न प्रकारका सामानहरू नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका सामानहरूमा बोइलर कुखुरा, दैनिक उपभोग्य वस्तु, बाँसका सामग्री, किराना सामान, कस्मेटिक सामग्री, मोटरसाइकल, एयर कन्डिसनर, चिनी, लेडिज सल, लेडिज सुट तथा अन्य विविध सामग्री रहेका छन्।

प्रहरीले कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा बुटवल उपमहानगरपालिका लगायतका क्षेत्रबाट उक्त सामानहरू बरामद गरेको जनाएको छ।

बरामद सामग्री मध्ये कोटहीमाई गाउँपालिका–४ बाट १२ पिस बोइलर कुखुरा, वडा नं ६ बाट दैनिक उपभोग्य सामग्री, वडा नं ७ बाट मोटरसाइकल सहित कुखुरा तथा वडा नं ४ बाट स्प्लिट एयर कन्डिसनर बरामद गरिएको छ।

त्यसैगरी, सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट विभिन्न किराना सामग्री, वडा नं ८ अञ्चलपुरबाट कस्मेटिक सामग्री, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ बाट पटका तथा चिनी, कपडा लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

बुटवल उपमहानगरपालिका–५ नेपालगञ्ज रोड क्षेत्रबाट समेत सेन्डो र हाफ पाइन्ट बरामद गरिएको छ।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

 

 

प्रकाशित मिति : बिहिबार, असार ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij