JanataToday.com

Advertisment

SKIP THIS

लैंगिक हिंसा न्यूनिकरणमा सरकार नै जवाफदेहि भएकाले संवेदनशिल हुन अधिकारकर्मीको आग्रह

लैंगिक हिंसा न्यूनिकरणमा सरकार नै जवाफदेहि भएकाले संवेदनशिल हुन अधिकारकर्मीको आग्रह

रुपन्देही ।
लैंगिक हिंसा न्यूनिकरणमा सरकार नै पहिलो जवाफदेहि निकाय भएकाले संवेदनशिल हुन आग्रह गरिएको छ । सञ्चारीका समूह नेपाल प्रदेश ५ र एड्भोकेसी फोरम नेपालले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मीहरुले लैंगिक हिंसा न्यूनिकरणमा नियमक निकाय नै गैरजिम्मेवार हुँदा न्यूनिकरण हुन नसकेको बताउनुभयो । पछिल्लो समयमा हिंसाका घटना सार्वजनिक हुनेक्रम बढ्ेको भएपनि कारवाही भने निकै कम भएकाले प्रहरी प्रशासनले त्यस्ता मुद्धामा अझै पनि संवेदनशिल हुन नसकेको अधिकारकर्मीहरुको जोड छ ।
कार्यपत्र प्रस्तुत गर्दै सञ्चारिका समूहका महासचिव अमृता अनमोलले प्रदेश नम्बर ५ मा ७०.४ प्रतिशत महिलाले हिंसा भोगेर पनि कसैलाई नबताउने तथ्यांक प्रस्तुत गर्नुभयो । राज्यबाट न्याय, सुरक्षा र संरक्षणको ग्यारेण्टी नहुदा उनीहरु चुपचाप अन्याय सहन बाध्य भएको उहाको निचोड छ । कार्यपत्रमा महिलामाथि सारीरिक, मानसिक, आर्थिक र सामाजिक हिंसा भएको उल्लेख गर्दै प्रहरीले गम्भिरताका साथमा घटनाको अनुसन्धान भने नगरेको बताउनुभयो ।
प्रदेश सभा सदस्य तथा सामाजिक विकास समिति सदस्य दिपा विकले महिलालाई अगाडि बढाउदा पुरुष पछाडि परिन्छ भन्ने सोचले लैंगिक समानता हुन नसकेको बताउनुभयो। कांग्रेस नेता तथा प्रदेश सभा सदस्य रमा आर्यालले महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने दलकै नेताको मानसिकता फेर्न नसकेको बताउनुभयो । हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अनिवार्य गरिदा राजनीतिक दलभित्र ३३ प्रतिशत महिला पुर्याउन नसक्नुले राज्य व्यवस्थामा समेत महिला कमजोर रहेको बताउनुभयो । प्रदेशसभा सदस्य गीता थापाले समयसगै हिंसाका स्वरुप फेरिएपनि त्यसअनुसार सम्बोधन गर्ने नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था नभएको बताउनुभयो् ।
कार्यक्रममा बोल्दै एडभोकेसी फोरमका प्रदेश संयोजक शिव गौडेलले तराई र पहाडको विकट वस्ती र पीडडिएको समुदाय समेत रहेकाले हिंसा भोग्ने महिला धेरै रहेको बताए । धेरैजसो न्यायिक प्रक्रियामा नजाने र न्यायिक प्रक्रियामा आएका महिलाले पनि छिटो र सहज रुपमा न्याय नपाउने गरेको गौडेलले बताउनुभयो । उनले अदालत र प्रहरी महिलामैत्री नहुदा न्यायिक प्रक्रियामा आएका धेरै हिंसा पीडित महिला बीच बाटोबाटै फर्किएको बताउनुभयो ।
महिला अधिकारकर्मी सावित्रा अर्यालले शिक्षा र रोजगारीमा महिला पछाडि पर्दा हिंसाको शिकार भएकोले अब त्यहीबाट हिंसा विरुद्धको अभियान चलाउनुपर्ने बताउनभयो । कार्यक्रममा महिला अगुवा तथा नेता सावित्रा टण्डन, माया गौतम, मन्जु भुसाल, संसदीय मामिला पत्रकार समाजका प्रदेश अध्यक्ष विष्णु घिमिरे, प्रेस युनियनका रुपन्देही अध्यक्ष रेखा भुसाल, दिदीबैनी सहकारीका सीता भट्टराई, द्धन्द्ध पीडितका धना चौधरी लगायतले लैंगिक हिंसा विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा बुटवलमा यो कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij