काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा व्यवसायी दीपक भट्टको फाइल झिकाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले व्यवसायी दीपक भट्टको फाइल झिकाउन आदेश दिएको हो ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको थियो ।
गत बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो
पौडेललाई विशेष अदालतले शुरुमा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा सोमबार तीन दिन म्याद थप गरेको छ ।
पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, असार १६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्