JanataToday.com

Advertisment

SKIP THIS

प्रदेश ५ मै पहिलो पटक बुटवलमा कपाल प्रत्यारोपण तथा अन्य सेवा सहित संचालनमा

प्रदेश ५ मै पहिलो पटक बुटवलमा कपाल प्रत्यारोपण तथा अन्य सेवा सहित संचालनमा

बुटवल ।
प्रदेश ५ मै पहिलो पटक बुटवलमा कपाल प्रत्यारोपण तथा अन्य सेवा सहित संचालनमा आएको प्रालिमा १ करोड लगानीमा कपाल प्रत्यारोपणको सेवा सहित ईम्युन हेल्थ केयर प्रालिको शुभारम्भ गरिएको छ े। १४ जना संचालन सदस्यले संचालन गरिएको जनाइएको छ ।ईम्युन हेल्थ केयर प्रालिको शुभारम्भ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नुभएको थियो । कार्यक्रम उहाले स्वाथ्य क्षेत्रमा सरकारको लगानी अप्रर्याप्त बताउनुभयो् । उहाले लगानी बढाउन तीनै तहका सरकार लागिपरेको बताउनुभयो ।
मन्त्री बरालले स्वाथ्यको पहुंचबाट कोही पनि टाढा हुनुपर्ने अवस्था नरहेको भन्दै नीजि , सामुदायिक तथा अन्य संघ संस्थाहरुको स्वास्थ्य क्षेत्रमा भएको लगानीले थप टेवा पुगेको बताउनुभयो । स्वास्थ्य सेवाक्षेत्र सबैभन्दा महत्वपूर्ण भएको भन्दै मन्त्री बरालले स्वास्थ्य सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरवाही गर्न नहुने बताउनुभयो ।बुटवल७ हिलपार्क गेट नजिकै सुरुवात गरिएको प्रालिको उद्घाटन कार्यक्रममा प्रालिका अध्यक्ष डा.दिपककुमार धिताल,जनस्वास्थ्य प्रशासक राजेन्द्र कुमार गिरी, औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराई,कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे,प्रालिका संचालक सदस्य तथा सचिव राजिव खनाल, अर्का सदस्य सुरेन्द्र भारी लगायतले बोल्नुभएको थियो ।हेल्थ केयरमा १५ जनाले रोजगारी पाएको सचिब राजिब खनालले बताउनुभयो । सोहि कार्यक्रममा मन्त्री बरालको डाइवेटिज परिक्षण गरिएको थियो । लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले कार्यक्रम स्थलमा निशुल्क सुगर परिक्षण गरेको थियो । ६ जना प्राबिधिकसहितको शिबिरमा ३ सय जनाले लाभ लिएको क्लवका अध्यक्ष भुपेन्द्र रानाले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij