यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका सबै निर्णय

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका सबै निर्णय

काठमाडौँ , सरकारले शिक्षा १०औँ संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले र राष्ट्रिय सदाचार नीति २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गरेको छ। सरकारले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सरकारले विभिन्न नियुक्तिसम्बन्धी पनि निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

‘सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने। गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने’, मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले भने।

यस्तै एग्रिमेण्ट अण्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय समेत सरकारले गरेको छ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij