काठमाण्डौ – दाङमा चट्याङ्ग लागेर एक महिलाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया दिपा थापाको चट्याङ्ग लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घोराही–९ मछाहीमा धान रोपाइँ भइरहेको बेला हिजो बेलुका एक्कासि चट्याङ्ग परेको थियो । घोराही–२ मर्फेस बस्ने २९ वर्षीया कमला थापा र त्यही ठाउँका ३४ वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ ।
घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, असार २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्