बुटवलको राजमार्ग चाैराहमा ट्राफिक प्रहरीकै अगाडि टिप्परको ठक्करबाट स्कुटी चालककाे ज्यान गएकाे छ। मृत्यु हुनेमा सिद्धारथनगर नगरपालिका वडा नं ५ बैंक राेड भैरहवा बस्ने ६० बर्षिय तारचन सुनार रहेको प्रहरीले जनाएको छ।
भैरहवा तर्फबाट बुटवलतर्फ आउँदै गरेकाे लु २ ख ३००२ नम्बरको टिप्परले साेही दिशाबाट बुटवल आउदै गरेको स्कुटरलाई ठक्कर दिएकाे प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार चोकमा तिब्र गतिकाे टिप्परले अगाडि गुडिरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
व्यस्त मुख्य चोकमा भएको उक्त दुर्घटनाका कारण स्कुटी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। स्कुटर चालककाे साथमा दुई लाख पचास हजार नगद समेत भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक थमन जिसीले बताए।
दुर्घटना लगत्तै चोकमा खटिएका प्रहरी र स्थानीयवासीले घाइतेको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्। ठक्कर दिने टिप्पर र त्यसका चालकलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालकलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, साउन २ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्