निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तको सुनुवाई साउन १२ र १३ गते हुने

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तको सुनुवाई साउन १२ र १३ गते हुने

 

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाई साउन १३ गते गर्ने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका हुन् ।

बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिए । प्राप्त उजुरी र सुझाव समिति सदस्यहरुलाई उपलव्ध गराइने र अध्ययनपश्चात साउन १२ र १३ गते सुनुवाई हुने उनले बताए ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij