काठमाडौं, काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज कजाखस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
आफ्नो अन्तिम खेलमा उत्रिन लागेको नेपाल पहिलो जितको खोजीमा हुनेछ। खेल पाकिस्तानको इस्लामावादमा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ।
लगातर ५ खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहरिइसकेको छ। राउण्ड रोबिन लिगको पहिलो खेलमा कजाखस्तानसँग नेपालले ३–२ को सेटमा पराजित भएको थियो।
सोही टोलीसँग नेपालले पाँचौ स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली पाकिस्तान र उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो भने कजाखस्तान, बंगलादेश र श्रीलंकासँग ३–२ ले पराजित भएको थियो।
प्रकाशित मिति : मंगलबार, साउन १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्