काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका–४ बस्ने २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल घर भई हाल वीरगंज महानगरपालिका–२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम छन् ।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । मिश्रलाई आइतबार काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट र हाकिमलाई सोमबार वीरगंज महानगरपालिका–८ बाट पक्राउ गरिएको हो ।उनलाई शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
यही साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको थियो । ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ ।
प्रकाशित मिति : मंगलबार, साउन १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्