सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।

यसअघि जिल्ला प्रशासनले गोलबजार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको थियो । गोलबजारमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वमा गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिममा चोहर्वा चोकसम्म तथा उत्तरमा गोलबजार-६ को सैनिक चोकदेखि दक्षिणमा गोलबजार-४ सम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ

त्यसपछि प्रशासनले थप सूचना जारी गर्दै लहान नगरपालिकाका विभिन्न क्षेत्रमा पनि कर्फ्यु विस्तार गरेको हो ।

प्रशासनका अनुसार लहानमा पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म तथा राजमार्गको दक्षिणतर्फ ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको छ ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij