बुटवल । देशमा उत्पन्न पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामनाका साथ बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सामाजिक सद्भाव विरुद्ध भइरहेको गतिविधिमा ज्यान गुमाउने दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित प्रार्थना सभामा पूज्य गुरु तथा गुरुमाहरू, नागरिक समाजका प्रतिनिधिहरू रहेका थिए ।
सहभागीहरूले देशमा चाँडै शान्ति र अमनचयन कायम होस् भन्ने कामना गर्दै दीप प्रज्वलन तथा पाठ–पूजा गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशमा शान्ति, सहिष्णुता र सद्भाव कायम राख्न सम्पूर्ण नागरिकलाई ऐक्यबद्ध हुन समेत आह्वान गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्