JanataToday.com

Advertisment

SKIP THIS

दलित महिला जनप्रतिनिधिहरुका लागि लैङ्गिक अभिमुखीकरण कार्यक्रम सम्पन्न

दलित महिला जनप्रतिनिधिहरुका लागि लैङ्गिक अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल ।
समाजमा लैङ्गिक असमानता रहुन जेल समृद्ध नेपालको परिकल्पना गर्न नसकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।दलित महिला केन्द्र नेपालले दलित महिला जनप्रतिनिधिहरुका निम्ति बुटवलमा आयोजना गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नेपालमा संघियता र नेपालकोवर्तमान शासकीय प्रवन्ध तथा सुशान, नेपालको संविधान,संघिय शासन प्रणाली, स्थानीय सरकार संचालन ऐन् २०७४, स्थानीय सरकारको स्वरुप,लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी नेपालको संविधान तथा अन्य ऐन कानूनका साथै राष्ट्रिय तथा अन्तारष्ट्रिय सन्धी, महासन्धी र प्रतिवद्धताहरु,स्थानीय सरकार संचालनमा महिला तथा सीमान्तकृत समुहका समस्याहरु,लैङ्गिक समानता, लैङ्गिकसमता, महिलाको भूमिका र सामाजिक समावेशिकरण, लैङ्गिक उत्तरदायी बजेटको सन्दर्भमासामाजिक समावेशिकरणको अवस्थाको विषयमा सहजीकरण गरिएको थियो ।कार्यक्रममा समाजमा दलित भएकै कारण भोग्नुपेरका विभिन्न समस्याहरु, निर्णायक तहमा सहभागिताको अवस्थाका विषयमा आफुले भोगेका समस्याहरुको विषयमा बताएका थिए ।कार्यक्रमको सहजीकरण सहजकर्ता डाक्टर संग्राम लामा, दलित महिला केन्द्रका शान्त थापा, निशा राईले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा रुपन्देहीका निर्वाचित दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij