भारतिय बिस्तारबादको बिरुद्दमा वाणिज्य क्याम्पसमा अनेरास्ववियूद्धारा हस्ताक्षर संकलन

भारतिय बिस्तारबादको बिरुद्दमा वाणिज्य क्याम्पसमा अनेरास्ववियूद्धारा हस्ताक्षर संकलन

बुटवल।
सत्ता पक्षको भातृ संगठन भएतापनि बिद्यार्थी को हकहित र राष्ट्रियताको मामिलामा सदैव प्रतिपक्षको भुमिका निर्वाह गर्ने भन्दै अस्ति बृहत बिरोध जुलुस निकालेको अनेरास्ववियू लुम्बिनी वाणिज्य क्याम्पस ले कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो हाम्ले फिर्ता पाउनु पर्छ भन्दै भारतिय बिस्तारबाद मुर्दाबाद सहितको ब्यानर लगाएर आज हस्ताक्षर संकलन गरेको छ।

अभियानमा क्याम्पसमा अध्यापन गराउने शिक्षक, कर्मचारी लगाएत सम्पुर्ण बिधार्थि सहभागी भएका थिए।

उक्त कार्यक्रम अनेरास्ववियु रुपन्देही जिल्ला सचिव साजन भन्डारी अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पस पुर्व अध्यक्ष रमेश ढकाल, अखिल क्रान्तिकारी क्याम्पस कमिटि अध्यक्ष प्रशान्त बन्जाडे अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पस कमिटि अध्यक्ष बिजय कार्कि, अखिल क्रान्तिकारी लुम्बिनी वाणिज्य क्याम्पस कमिटि सचिव बिराज चालिसे अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पस कमिटि सहसचिव योगेन्द्र रायमाझी र त्यसैगरि क्याम्पस कमिटि सदस्यहरु प्रकाश पोखरेल, सन्दिप घिमिरे, निराजन अर्याल, लगायतको उपस्थितिमा सम्पन्न भयो।

साथै आगामि दिनमा पनि देशको सार्वभौमसत्ता र रास्ट्रियताको मामलामा सदैब अग्र पंत्तिमा रहेर काम गर्ने र संगठन को एकता प्रक्रिया समयमै टुंगिय काम गर्न अझै सहज हुने कुरा सचिव बिराज चालिसेले जानकारी गराउनुभयो।

प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij